अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४२ | Colorodo: 03:57

मकवानपुरमा जीप पल्टिँदा दुई बालकको ज्यान गयो

बिआरटीनेपाल २०७७ असोज ५ गते ७:१४ मा प्रकाशित

मकवानपुरको राक्सिराङ गाउँपालिका–३ मैनाटारमा जीप दुर्घटना हुँदा दुई जना बालकको ज्यान गएको छ । राक्सिराङ गाउँपालिका ३ का १३ वर्षीय रिजन तितुङ र ११ वर्षीय अनुप वाइबाको दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मनहरीबाट सरिखेत पलाँसे जाँदै गरेको ना १ ज ७१७५ नम्बरको जीप पल्टिँदा घाइते भएका राक्सिराङ गाउँपालिका ३ का २७ वर्षीय सुरज शाहीलाई थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । जीप चालक भीषण प्रजालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया