अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५३ | Colorodo: 20:08

जहाज खरिद प्रक्रिया अघि बढाउन पर्यटन मन्त्रीको निर्देशन

बिआरटीनेपाल २०७७ भदौ २४ गते ७:०५ मा प्रकाशित

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हिमाली पहाडी तथा दुर्गम क्षेत्रका नागरिकहरुलाई सेवा उपलब्ध गराउन आन्तरिक उडानका लागि हवाई जहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल बायु सेवा निगमलाई निर्देशन दिनु भएको छ ।

आज मन्त्रालमा नेपाल बायुसेवा निगमका कार्यकारी अध्यक्ष र विभागिय प्रमुखसँग संयुक्त बैठकमा मन्त्रालयमा बोलाई मन्त्री भट्टराईले सो निर्देशन दिनु भएको हो । उहाँले आन्तरिक तर्फ दुईबटा मात्र टुईनटर जहाज भएको र त्यसले माग धान्न नसकेको भन्दै दुर्गभ क्षेत्रमा सेवा प्रदान गर्न नसकिएकाले तत्काल खरिद योजना अघि बढाउन निर्देशन दिनु भएको हो ।

मन्त्री भट्टराईले नेपाल एयरलाईन्सलाई पब्लिक मोडलमा लैजानको लागि कुन समय उपयुक्त हुन्छ त्यसको खाका लगानी कोष, संचयकोष, पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयसँग छलफल गरी तयार गर्न निर्देशन दिनु भएको हो । उहाँले नेपाल एयरलाईन्स ऐतिहासिक नेपाली ध्वजाबाहक एयरलाईन्स भएकोले यसको साख जोगाउने गरी काम गर्न निर्देशन दिनुभयो ।

एयरलाईन्सको स्थिति सुधारको लागि आआफनो विभागबाट तत्कालिन र दिर्घकालिन योजना बनाएर अघि बढ्न पनि उहाँले आग्रह गर्नुभयो । मन्त्री भट्टराईले निगमलाई आर्थिक नोक्सान हुने कुनै पनि क्रियाकलापमा संलग्न कर्मचारीलाई कारवाही गर्न अध्यक्ष सुशिल घिमिरलेलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया