अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३८ | Colorodo: 07:53

गण्डकीमा प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण

बिआरटीनेपाल २०७७ भदौ २२ गते ६:३६ मा प्रकाशित

पोखरासहित गण्डकी प्रदेशमा कोरोना संक्रमणको परिमाण बढिरहेको छ । आज मात्र पोखराका ३१ सहित प्रदेशभर ६७ जनामा संक्रमण पुष्टि भएको छ ।कास्कीको पोखरा महानगरपालिकाका ३१ जना, नवलपुरका १५, गोरखाका १८ र तनहुँका तीनजनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

थपिएका ६७ जना संक्रमित सबै ‘कन्ट्याक ट्रेसिङ’का आधारमा पत्ता लागेका हुन् । पोखरा फुड्स प्रालिमा कार्यरत् १७ महिला र आठजना पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यहाँका कामदारमा यसअघि पनि कोरोना देखिएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५ सय ९८ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू