अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२७
| Colorodo: 17:42
अमेरिकामा नेपाली कम्पनी दर्ता गरिदिने र अमेरिका लगिदिने प्रलोभन देखाएर ठगिगरेको भन्दै एक ६५ वर्षीय अमेरिकी नागरिक पक्राउ परेका छन्।महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ड्यानियल ली म्यागीलाई पक्राउ गरेको हो। उनी पर्यटक भिसामा नेपालमा बस्दै आएका छन्।
कोटेश्वरमा रहेको एटलास सेक्युरिटी कम्पनीलाई अमेरिकामा दर्ता गरि बिजनेस पार्टनर बनाउने भन्दै कम्पनीका सन्चालक टुकनारायण श्रेष्ठसँग १० लाख रुपैयाँ लिएको र अन्य दुई जना युवालाई बिजनेस भिसामा अमेरिका लैजान्छु भन्दै जनहीँ पाँच लाख रुपैयाँ लिएको ड्यानियलविरुद्ध आरोप छ।