अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१७ | Colorodo: 03:32

पहिरोले घर पुर्दा दाङमा २ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ साउन १४ गते ०:०९ मा प्रकाशित

दाङमा पहिरोले घर पुरिंदा दुई जनाको मृत्यु भएको छ । वर्षात्का कारण घरमाथि आएको पहिरोले पुर्दा बङ्गलाचुली गाउँपालिका–५ साकिने निवासी २४ वर्षका बाटुली नेपाली र उहाँका २ वर्षका छोरी आयुस्मा नेपालीको मृत्यु भएको गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिनुभयो ।

घरमा पाँच जनाको परिवार रहेकोमा अरू तीन जना भने सकुसल रहेको उहाँले बताउनुभयो । पहिरोले घरको आधाभाग पुरेको हो । वर्षात्का कारण बिहान ३ बजेतिर घरमाथीबाट पहिरो खस्दा दुई जनाको मृत्यु भएको हो । बङ्गलाचुलीका अधिकांश भाग पहिरोको जोखिममा रहेको अध्यक्ष वलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया