अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२१ | Colorodo: 12:36

कोशी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलियो

बिआरटीनेपाल २०७७ साउन ६ गते ०:१७ मा प्रकाशित

सप्तकोशीमा पानीको बहाव बढेसँगै सप्तरी र सुनसरीको सिमानामा अवस्थित कोशी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएको छ ।पहाडी क्षेत्रबाट बगेर आउने सहायक नदीमा बाढी आएपछि सप्तकोशीमा पानीको वहाव बढेको हो ।

जलस्तर बढेर वस्तीमा पस्ने खतरा भएपछि ५६ मध्ये ४६ वटा ढोका खोलिएको हो । सप्तकोशीको ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९९० क्युसेक पुगेको छ ।ब्यारेज प्रशासनका अनुसार सप्तकोशीमा २ लाख क्युसेक प्रतिसेकेन्डभन्दा पानीको वहाबको स्तर माथि पुगे खतरा मानिन्छ ।

जिल्ला प्रशासन कार्यालयले सप्तकोशी प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू