अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३३ | Colorodo: 14:48

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेविसंघको प्रदर्शन

बिआरटीनेपाल २०७७ असार २८ गते ६:३६ मा प्रकाशित

नेपाल विद्यार्थी संघले सरकारले पेट्रोलियम पदार्थमा लगातार मूल्य वृद्धि गरेको भन्दै त्यसको विरुद्ध प्रदर्शन गरेको छ । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले आयल निगमको कार्यालय परिसर बबरमहलमा विरोध प्रदर्शन गरेको नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिनुभयो । सरकारले ९ दिनको अवधिमा पेट्रोलियम पदार्थमा २ पटक मूल्यवृद्धि गरेको छ । पेट्रोलमा ६ रुपैयाँको दरले र डिजेलमा ३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको छ ।

कोरोना महामारीमा आर्थिक रुपमा कमजोर भएका जनताको ढाड सेक्ने उद्देश्यले सरकारले मूल्यवृद्धि गरेको भन्दै मूल्यवृद्धि फिर्ता लिन दबाब दिनका लागि नेविसंघले विरोध प्रदर्शन गरेको तिमल्सिनाले बताउनुभयो ।सरकारले भने स्वचालित मूल्य प्रणाली लागु गरिएकाले भारतीय आयल निगम (आइओसी) ले जस्तो विवरण पठाउँछ त्यसकै आधारमा मूल्य समायोजन हुने गरेको जनाएको छ ।

नेविसंघले अन्य धेरै विकल्पहरु हुँदाहुँदैपनि सरकारले जनतालाई दुख दिने नियतले मूल्यवृद्धि गरेको आरोप लगाएको छ । अर्का महामन्त्री दिपक भट्टराईले कोरोना महामारीले सिथिल भएको मुलुकमा इन्धनको मूल्य बढाएर सरकारले जनताको ढाड सेक्ने काम गरेको बताउनुभयो । उहाँले मूल्य बृद्धि तुरुन्त फिर्ता नगरे देशभर आन्दोलन चर्काउने चेतावनी समेत दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू