अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०० | Colorodo: 23:15

राजदुतावास नेपालमा नै खोल्न क्यानडालाई सरोकारवालाको आग्रह

बिआरटीनेपाल २०७७ असार १८ गते ६:५८ मा प्रकाशित

नेपालीहरुले क्यानडालाई राजदुतावास नेपालमा नै खोल्न आग्रह गरेका छन् । कोरोना महामारीकाबीच काठमाडौंमा क्यानडा राष्ट्रिय दिवसको अवसरमा नेपाल क्यानडा मैत्री तथा सांस्कृतिक संघले आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले क्यानडामा नेपालीहरुको धेरै बसोबास भएपनि नेपालमै नै क्यानडाको राजदुतावास नहुँदा धेरै समस्या भोग्नुपरेको बताएका छन् ।

क्यानडा मैत्री तथा सांस्कृतिक संघका संरक्षक हिरण्यलाल श्रेष्ठले करिव ४०/५० हजार संख्यामा नेपालीहरु क्यानडा बसोबास गर्दै आए पनि भिसा लगायत प्रक्रियाका लागि दिल्ली धाउनु परेको र क्यानडालाइ नेपाल मै दूतावास खोली सहज गराउनका लागि नेपाल क्यानडा बिच उच्च ब्यापारिक सम्बन्ध राख्नुपर्नेमा जोड दिनुभयो ।

सिमाबिद् बुद्धिनारायण श्रेष्ठले क्यानेडेली नागरिकको प्रगतिको कामना गर्दै दुई देश बिच सम्बन्ध सुमधुर रहनुपर्नेमा जोड दिनुभयो। संघका अध्यक्ष डा. प्रदिप खड्काले नेपाल क्यानडा बिच सांस्कृतिक आदानप्रदान आवतजावत जस्ता कुराले सम्बन्ध बढ्दै गए पनि क्यानडा सरकारले आफ्नो दूतावास खोली नसकेको अबस्थामा भबिष्यमा दूतावास खोलेर भिसा लगायत प्रक्रियामा सहज हुने बिश्वास ब्यक्त गर्नुभयो ।

संघका उपध्यक्ष डा गोपाल पोखरेलले नेपाल क्यानडा मैत्री तथा सांस्कृतिक संघको स्थापना बारेमा कुरा राख्दै दुई देश बिच आवश्यक दैत्य सम्बन्ध नभएकोले दुई देशका नागरिकले आवातजावत प्रक्रियामा समस्या रहेको विचार व्यक्त गर्नुभयो । जुलाई १ लाई क्यानडाले आफ्नो राष्ट्रिय दिवसको रुपमा मनाउँछ ।

प्रतिक्रिया