अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०७ | Colorodo: 23:22

नेपालमा शुक्रबारदेखि कोरोना बिमा नहुने

बिआरटीनेपाल २०७७ जेठ २२ गते ७:१५ मा प्रकाशित

मुलुकमा भोलि (शुक्रबार) देखि कोरोना बिमा नहुने भएको छ । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको परिवेशमा बिमा कम्पनीहरुले थेग्नै नसक्ने दायित्व सिर्जना भएपछि कोरोना बिमा तत्कालका लागि स्थगित गरिएको हो ।

आज बसेको बिमा समिति र बिमक संघको वैठकले कोरोना बिमा योजनाबाट पछि हट्ने निर्णय गरेको हो । व्यवसायीले थप दायित्व बहन गर्न नसक्ने भन्दै यसलाई स्थगन गर्न लिखित आह्वान बुझाएपछि बिमा समितिले सहमति दिएको हो ।

बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौड्यालले कोरोना बिमा भोलिदेखि नै नहुने गरी स्थगन गरिएको जानकारी दिनुभयो । तर, बिमा नीति खारेज भने नभएको उहाको भनाई छ । बिना अध्ययनका साथ ल्याइएको कोरोना बिमा नीतिले गर्दा बिमा कम्पनीहरुलाई करिब ३ अर्ब रुपैयाँको दायित्व सिर्जना भएको थियो । हालसम्म करिब ३ लाखले कोरोना बिमा गरेका छन् ।

हालै सरकारले पनि कोरोना बिमा गराउन चाहनेलाई आधा शूल्क (प्रिमियम) बेहोर्दिने व्यवस्था बजेटमार्फत् गरेको थियो । सरकारले नै प्राथमिकतामा राखेपछि यो नीतिको मोडालिटी परिमार्जन गर्ने कि खारेज गर्ने भन्ने द्विविधा सिर्जना भएको छ ।

प्रतिक्रिया