अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४३ | Colorodo: 22:58

ढिस्कोमा पुरिदा जाजरकोटमा एक दम्पतिको ज्यान गयो, पाँच घाइते

बिआरटीनेपाल २०७७ जेठ १३ गते २२:२२ मा प्रकाशित

जिल्लाको नलगाड नगरपालिका ९ तात्रामा बालुवा निकाल्ने क्रममा ढिस्कोले पुरिएर एक दम्पतिको ज्यान गएको छ ।

स्वास्थ्य चौकीको भवन निर्माण गर्नका लागि बालुवा निकाल्ने क्रममा उनीहरू पुरिएको प्रहरीले जनाएको छ । ज्यान जानेमा स्थानीय ३५ वर्षीय एकराज सिंह र उनकी श्रीमती ३३ वर्षीया कुमारी सिंह रहेका छन् ।

त्यस्तैगरी अन्य ५ जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय यज्ञबहादुर सिंह, कमला सिंह, तारा सिंह, तारा सिंह र लक्ष्मी सिंह रहेका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया