अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५८ | Colorodo: 22:13

चिनियाँ नाका खोल्ने सरकारको निर्णय

बिआरटीनेपाल २०७६ चैत १२ गते ८:११ मा प्रकाशित

नेपाल सरकारले चिनतर्फका २ नाका खोल्ने निर्णय गरेको छ । गत माघ १५ देखि बन्द चिनतर्फका दुई नाकाबाट समान आयात÷ निर्यात गर्ने गरी खुलाउने निर्णय गरिएको हो । । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बुधबारको बैठकले यस्तो निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु र यस सम्बन्धी आवश्यक समन्वय गृह मन्त्रालय र अर्थ मन्त्रालयले गर्ने बैठकको निर्णयमा उल्लेख छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएसँगै ५० चीनतर्फको रसुवागढी र तातोपानी नाका बन्द छ। चीनतर्फ रसुवागढी नाकामा नेपालका लागि हिंडेका करिब २ सय कन्टेनर रोकिएको र त्यो नाका बन्द गर्ने औपचारिक निर्णय नेपालले नगरेको उल्लेख गर्दै तत्काल सामान आवतजावत सुरु गर्नुपर्ने चिनियाँ पक्षले नेपाललाई भनिरहेको थियो ।

सामान आयात निर्यात बाहेकको क्रियाकलापका लागि चीन र भारततर्फको नाका बन्द गर्ने निर्णय गत सोमबार मन्त्रिपरिषद्को बैठकले गरिसकेको छ। गत सातासम्म नेपालले आवतजावतमा विस्तारै चारैतिरबाट कडाइ गर्दै लगेकाले तत्काल चिनियाँ नाका खोल्न चाहेको थिएन्। भारतबाट आयात सुचारु रहेको, समान्य अवस्थामा भन्दा आयातमा समस्या देखिइसकेको लगायत कारणले केहि दिनयता नेपालका सरकारी अधिकारीहरु चिनियाँ नाका खोल्न सहमत भएका हुन्।

प्रतिक्रिया