अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३९ | Colorodo: 13:54

सरकारद्धारा १ लाख ३० हजार क्वारेन्टाइन कक्ष निर्माणको तयारी

बिआरटीनेपाल २०७६ चैत १२ गते ८:१० मा प्रकाशित

कोभिड १९ को सङ्क्रमण भएकालाई भक्तपुरको नगरकोटमा क्वारेन्टाइन कक्ष बनाएर राखिने भएको छ । आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक योगेश भट्टराईले नगरकोट पुगेर स्थानीय होटल व्यवसायी र सरोकारवाला निकायका प्रमुखहरुसँग क्वारेन्टाइन कक्ष निर्माणका बारेमा छलफल गर्नुभएको हो ।

महामारीको सङ्कट सामना गर्न सबैको सहयोग, सहकार्य र समन्वय आवश्यक भएको मन्त्री भट्टराईले बताउनुभयो । व्यवसायीहरूले होटललाई क्वारेन्टाइनस्थल निर्माणका लागि प्रयोग गर्न दिने प्रतिबद्धता जनाएका छन् । नगरकोटका होटलका २ हजार कोठामध्ये पहिलो चरणमा ५ सय कोठालाई क्वारेन्टाइन कक्ष निर्माण गर्न होटल व्यवसायी, स्थानीय प्रशासन, चार वटै सुरक्षा निकायका प्रतिनिधि रहेको समिति बनाइएको छ ।

मन्त्री भट्टराईले भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजको पनि निरीक्षण गर्नुभएको छ । मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको १ लाख ३० हजार क्वारेन्टाइन कक्ष निर्माणको तयारी भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घीय सरकारले ५ हजार, सबै प्रदेश सरकारले २/२ हजार, ६ वटा महानगरपालिकाले २/२ हजार, उपमहानगरपालिकाले १ हजार क्वारेन्टाइन बनाउने तयारी गरिएको हो ।

;

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू