अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०५ | Colorodo: 22:20

तनहुँमा भ्यान दुर्घटना, २ जना घाइते

बिआरटीनेपाल २०७६ चैत ११ गते २२:२८ मा प्रकाशित

मुलकभर लकडाउन भएको दोस्रो दिनमा तनहुँको भानु नगरपालिका वडा नं १ भन्सारमा बुधबार (आज) बिहान भ्यान दुर्घटना भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । काठमाडौं सानो भर्याङबाट गोरखाको थालाजुङ जाने क्रममा डुमे्र– बेसीँशहर सडक खण्डको भानु( १ भन्सारको रमाइलो डाँडामा बिहान करिब ४ बजेतिर उक्त दुर्घटना भएको जनाइएको छ ।

बा १५ च ४२५४ न.को टाटा भ्यान एक्कासि अनियन्त्रित भई दुर्घटना हुन पुगेको ईलाका प्रहरी कार्यालय, भानु मुकामले जानकारी दिएको छ । भ्यानमा जम्मा ८ जना सवार रहेका थिए । जसमध्ये २ जना घाइते भएका छन् भने अरु ६ जना सकुशल रहेको जनाइएको छ । घाइतेहरुको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भ्यानले किराना पसलका लागि खाद्यान्न सामान दुवानी गरेको जनाएको छ ।

प्रतिक्रिया