अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०६ | Colorodo: 04:21

मन्त्री बाँस्कोटाको भष्टाचारको जिम्मेवारी प्रधानमन्त्रीलाई लिन काँग्रेसको माग

बिआरटीनेपाल २०७६ फागुन ८ गते ७:२१ मा प्रकाशित

नेपाली काँग्रेसले सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाको बर्खास्त गर्न माग गरेको छ । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली काँग्रेसका प्रमुख सचेतक पुष्पा भुसालले बाँस्कोटाले गरेको भष्टाचारको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने माग गर्नुभएको हो ।

उहाँले यसबारेमा प्रधानमन्त्रीले संसदको रोष्टममा आएर जानकारी गराउनुपर्ने बताउदै मन्त्रीको राजीनामाले मात्रै नपुग्ने भन्दै भष्टाचारको दायरामा ल्याएर कानूनी कारवाही नगरेसम्म सदन चल्न नदिने बताउनुभयो । उहाँले जनताको करबाट ७० करोड भष्ट्राचार गरेको विषय सामान्य नभएको बताउँदै कडा कारवाहीको माग गर्नुभयो ।

सूचना तथा सञ्चारप्रविधि मन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि काँग्रेसले सदनमा कुरा उठाएको हो । सचेतक भुसालले प्रधानमन्त्रीले स्वंयमले भष्टाचारीको अनुहार पनि हेर्दिन भनेकोमा आज मन्त्रिपरिषदको सदस्य नै भष्टाचारमा लिप्त हुनु आश्चर्यको विषय भएको बताउनुभयो । उहाँले यसले राष्ट्रिय राजनीति नै दुषित बनाएको बताउदै स्वीस एजेन्टसँगको मन्त्री बास्कोटाको कुराकानीको प्रमाण आम जनताले हेरिसकेको बताउनुभयो ।

उहाँले मन्त्री बास्कोटालाई बर्खास्त गरेको कुरा संसदमा आएर जानकारी गराउन पनि आग्रह गर्नुभयो । बालुवाटार काण्ड जस्तै राजिनामा दिएको आधारमा कारवाही गर्दिन भन्न नपाउने बताउदै तठस्थ रुपमा छानविन गरेर कानूनी दायरामा ल्याउन भुसालले आग्रह गर्नुभयो । सभामुख अग्नि सापकोटाले कांग्रेसको अवरोधपछि अर्को बैठक फागुन १३ गते बस्ने जानकारी गराउनुभएको छ ।

प्रतिक्रिया