अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२९ | Colorodo: 03:44

कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेद्धारा सपथ ग्रहण

बिआरटीनेपाल २०७६ फागुन ५ गते ६:३९ मा प्रकाशित

पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फेले कानुन न्याय तथा संसदीय मामिला मन्त्रीका रुपमा सोमबार सपथ ग्रहण गर्नुभएको छ । तुम्बाहाङ्फेले सोमबार दिउँसो साढे ३ बजे राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण गर्नुभउको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओली उनलाई पद तथा गोपनियताको सपथ दिलाउनुभएको हो ।

यसअघि उपप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजीनामा दिएपछि कानुनमन्त्रीको जिम्मेवारी स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई दिइएको थियो । नवनियुक्त मन्त्री तुम्बाहाङ्फेले आजै सिंहदरबारस्थित मन्त्रालयमा पुगी पदभार समेत ग्रहण गर्नुभयो ।

अग्नि सापकोटालाई सभामुख बन्ने बाटो खोलिदिनका लागि तुम्बाहाङ्फेले माघ ६ गते उपसभामुखबाट राजीनामा दिनुभएको थियो । लामो समयसम्म प्रतिनिधि सभाको सर्वोच्च पद रिक्त हुने भन्दै उहाँले राजीनामा नदिने अडान भने राख्दै आउनुभएको थियो ।

प्रतिक्रिया