अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४४ | Colorodo: 01:59

सुचना प्रविधि विधेयक बहुमतले पारित, सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने, कांग्रेसको विपक्षमा मत

बिआरटीनेपाल २०७६ पुष १३ गते ६:४३ मा प्रकाशित

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित गरेको छ । समितिको आइतबार बसेको बैठकले कांग्रेसको फरक मतका बाबजुत विधेयक बहुमतले पारित गरेको हो । समिति सभापति कल्याणीकुमारी खड्काले विधेयक बहुमतले पारित भएको र कांग्रेसले राखेको फरक मत बहुमतले अस्वीकार गरेको घोषणा बैठकमा गर्नुभयो ।

बैठकमा कांग्रेस सांसद बहादुरसिंह लामाले उक्त विधेयक जस्ताको तस्तै पारित भएमा जनताको अभिव्यक्ति स्वतन्त्रता हनन् हुने, संविधानले ग्यारेन्टी गरेका मौलिक हकअधिकार कुण्ठित हुने र स्वतन्त्र पत्रकारितामाथि अंकुश लाग्ने भएकोले आफ्नो पार्टीले विरोध गरेको बताउनुभयो ।

सामाजिक सञ्जाल फेसबुक, गुगल लगायत कार्यालय नेपालमा दर्ता गर्नुपर्ने विधेयकमा व्यवस्था छ । नेपालमा प्रयोगकर्ता बढेकाले र ती सञ्जालमार्फत व्यवसायिक कारोबार बढ्दै गएकाले करको दायरामा ल्याउन दर्ता गर्नुपर्ने व्यवस्था राखिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो । त्यो प्रावधानको काग्रेसले विरोध गर्दै आएको थियो।

प्रतिक्रिया