अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४४ | Colorodo: 18:59

समाजवादीले सरकारलाई दिएको समर्थनबारे बुधबार निर्णय गर्ने

बिआरटीनेपाल २०७६ पुष ८ गते ८:१६ मा प्रकाशित

सरकारबाट बाहिरिएको समाजवादी पार्टी नेपालले वर्तमान सरकारलाई दिएको समर्थनबारे बुधबार (भोलि)मात्रै निर्णय गर्ने भएको छ । मंगलबार पदबाट राजीनामा दिएपछि सिंहदरबारस्थित संसदीय दलको बैठकमा अध्यक्ष एवं संसदीय दलका नेता उपेन्द्र यादवले सरकारबाट बाहिरिने निर्णय गरेको जानकारी दिनुभएको थियो ।

बैठकपछि सो पार्टीका संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरिया र सांसद रेणुकुमारी यादवले वर्तमान सरकारबाट संविधान संशोधन नहुने निश्चित भएपछि सरकारबाट बाहिरिएको बताउनुभयो । समाजवादी पार्टीका तर्फबाट संसदमा १७ जना सांसद छन् ।

प्रतिक्रिया