अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२२ | Colorodo: 13:37

सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बिआरटीनेपाल २०८१ वैशाख ४ गते ६:३८ मा प्रकाशित

सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन प्रमुख धनञ्जय आचार्यसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । डोल्पाको ठूलीभेरी नगरपालिका–३ दुनैमा खेलकुद मैदान निर्माणका लागि कर्णाली प्रदेश सरकारबाट छुट्याएको रकम अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आचार्यसहित पाँच जनाविरुद्ध विशेष अदालत काठमाण्डौमा आरोपपत्र दायर गरेको हो ।

खेलकुद मैदान निर्माणको कार्य लागत अनुमान र सम्झौतामा उल्लेख गरेको कामभन्दा फिल्डमा कम काम गरी बढी काम गरेको भनी गलत नापी किताब, कार्यसम्पन्न प्रतिवेदन र बिल भर्पाई बनाएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

अख्तियारले सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन प्रमुख धनञ्जय आचार्य, कार्यालयका सब–इन्जिनियर मोतीप्रसाद बुढा, डीपीआर सम्पन्न भएको कभर्डहल तथा खेलमैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष अभिषेक शाही, सचिव अपार गुरुङ र कोषाध्यक्ष विश्वनाथ शाहीविरुद्ध समान नौ लाख ९३ हजार नौ सय ४० रुपैयाँ ८० पैसा बिगो माग गरेर मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया