अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५५ | Colorodo: 12:10

इलाम र बझाङबाहेकका जिल्लामा मतदाता नामावली अद्यावधिक शुरु

बिआरटीनेपाल २०८१ वैशाख ३ गते ९:११ मा प्रकाशित

निर्वाचन आयोगले उपचुनाव हुने इलाम र बझाङबाहेकका जिल्लामा आजदेखि मतदाता नामावली दर्ता र अद्यावधिक शुरु गरेको छ ।आयोगले उपचुनाव प्रयोजनका लागि गएको फागुन १४ गतेदेखि मतदाता नमावली दर्ता कार्य स्थगित गरेको थियो । आयोगले उपचुनाव हुने इलाम र बझाङमा यही वैशाख २५ गतेदेखि प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट साविकमा झैँ मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य शुरु गर्ने जनाएको छ ।

पेसा, व्यवसाय वा अन्य कुनै कारणले आफ्नो स्थायी ठेगाना भन्दा फरक अर्काे कुनै जिल्लामा बसोवास गरिरहेका व्यक्तिले नाम दर्ताका लागि प्रमाणसहित प्रि–रजिस्ट्रेशन प्रणालीमार्फत आवेदन गर्न सक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

मतदाता नामावली अद्यावधिक कार्य शुरु भएसँगै नामावलीमा रहेको नाम, जन्म मिति, नागरिकतासम्बन्धी विवरण, बाबुको नाम, आमाको नाम, पति वा पत्नीको नाम, बाजेको नाम तथा वडाभित्रको मतदानस्थललगायत विवरणमा रहेको त्रुटि सच्याउन सकिने आयोगले जनाएको छ ।

प्रतिक्रिया