अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४८ | Colorodo: 12:03

१४ सय वर्ष पुरानो अभिलेख सुरक्षित

बिआरटीनेपाल २०८१ वैशाख ३ गते ८:४६ मा प्रकाशित

काठमाडौं । करिब १४ सय वर्ष पुरानो अंशुवर्माकालिन अभिलेख सुरक्षित अवस्थामा पाइएको छ ।काठमाडौंको वडा नं १९ स्थित लिच्छवीकालिन चसान हितिमा सो अभिलेख पाइएको हो ।अभिलेखमा “सारा प्राणीले बुद्धत्व प्राप्त गरोस् भन्ने कामना सहित भगवान अवलोकितेश्वरको नित्य पुजाको व्यवस्थाका लागि २ मानिका र आर्य संघ भिक्षुहरुको भोजनका लागि ५ मानिका भूमिखेतको व्यवस्था गरिएको” सारांश उल्लेख छ ।

यसअघि “बन्जाहिति अभिलेख” को नाममा “अभिलेख संग्रह” र इतिहासविद् धनवज्र वज्राचार्यको “लिच्छवीकालिन अभिलेख”मा प्रकाशित भएपनि भौतिकरुपमा बन्जा हिति परिसरमा सो अभिलेख इतिहासकार र शोद्यार्थीहरुले फेला पारेका थिएनन् । तर हिति भन्दा केहीपर चस्वांद्धँ टोलमा रहेको चसान हितिमा पुरातात्विक ऐतिहासिक महत्वको सो अभिलेख पाइएको लिपीविज्ञ श्यामसुन्दर राजवंशीले बताउनुभयो ।

सो क्षेत्र वरपर बौद्ध विहार पनि हुन सक्ने उहाँको भनाईछ । यस सम्बन्धमा थप आवश्यक अध्ययन अनुसन्धान हुनु पर्ने स्थानीय कवि मानन्धरको माग रहेको छ । यस टोलमा अहिले पनि बौद्धमार्गीको बाक्लो बसोबास रहेको छ ।

प्रतिक्रिया