अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४५ | Colorodo: 15:00

कांग्रेसले इलाम–२ मा डम्बर खड्का र बझाङमा अभिषेक सिंहलाई उम्मेदवार बनायाे

बिआरटीनेपाल २०८० चैत २२ गते ८:२४ मा प्रकाशित

नेपाली कांग्रेसले आउँदो वैशाख १५ गते इलाम–२ मा हुन लागेको उपचुनावमा जिल्ला सभापति डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज सभापति शेरबहादुर देउवा निवास बूढानलीकण्ठमा बसेको संसदीय बोर्ड बैठकले उम्मेदवारकाे नाम टुङ्ग्याएकाे हाे । यस्तै बझाङ प्रदेश सभा–१ (क) मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यसैबीच नेकपा माओवादी केन्द्रले इलाम–२ को उपचुनावमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने भएको छ । माओवादी केन्द्रबाट उम्मेदवारका लागि सिफारिस धिरेन्द्र शर्माको नाम हटाएर एमालेका नेम्वाङलाई सहयोग गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया