अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३० | Colorodo: 10:45

माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा प्रहरी नियन्त्रणमा

बिआरटीनेपाल २०८० चैत ५ गते ५:४२ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महरालाई कपिलवस्तुको मायादेवी गाउँपालिकाको पकडिबाट नियन्त्रणमा लिइएको प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीम प्रसाद ढकालले जानकारी दिनुभयो । महरालाई काठमाडौँ ल्याइँदै गरेको प्रहरीले जनाएको छ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई आइतबार मुद्दा चलाउन सिफारिस गरेको थियो । त्यसै अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।

यसअघि आयोगले महरासँग बयान समेत लिइसकेको थियो । उनका छोरा राहुल महरा भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका छन् ।

प्रतिक्रिया