अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४६ | Colorodo: 06:01

अर्थतन्त्र लयमा फर्किंदै छ : अर्थमन्त्री महत

बिआरटीनेपाल २०८० असोज २९ गते ६:३८ मा प्रकाशित

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र विस्तारै लयमा फर्किरहेको बताउनुभएको छ । सोमबार महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले अहिले समग्रमा देशमा अनेकन समस्याहरु रहेको भन्दै सबैले आफ्नो आफ्नो स्थानबाट सकारात्मक पहल गर्न आग्रह गर्नुभयो ।

अर्थमन्त्री महतले अर्थतन्त्रमा सकारात्मक सुधार देखिएको बताउनुभयो । उहाँले अर्थ मन्त्रालय र सरकार मात्रैले अर्थतन्त्रलाई लयमा ल्याउन नसक्ने भन्दै यसका लागि सबै पक्षहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । अर्थमन्त्री महतले अर्थतन्त्र राम्रो बनाउन सरकारले पहल गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया