अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२१ | Colorodo: 05:36

कोलोराडोमा इन्द्र जात्रा सम्पन्न

बिआरटीनेपाल २०८० असोज २१ गते १४:४६ मा प्रकाशित

कोलोराडो । कोलोराडोमा यो वर्षको येंयाः (इन्द्र जात्रा) गत हप्ता भव्य रूपमा सम्पन्न भएको छ ।

वेस्टमिन्स्टरस्थित नेपाली घरको आँगनमा आयोजित उक्त कार्यक्रमले काठमाडौँ उपत्यकाकै इन्द्र जात्राको झल्को दिन्थ्यो । कोलोराडो नेवा: खलःको आयोजनामा सम्पन्न सो कार्यक्रममा गणेश, कुमारी, भैरवको पूजा अर्चना गरेर समयमै जात्रा सुरु गरिएको थियो भने तीन जीवित देवी देवताहरूलाई स्वागत द्वार हुँदै दाफा खिं बाजा र बॉंसुरी बजाएर मञ्चमा आसिन गराइएको थियो ।

जात्रामा पुलुकिसि, लाखे नाच, धिमे बाजा, धिमे नाच, हाथु हायेकेगु कार्यक्रमहरू क्रमशः प्रस्तुत गरिएका थिए । जात्रामा फ्लोरिडा स्टेट, कोलोराडोका उत्तरमा फोर्ट कोलिन्स, दक्षिणमा कोलोराडो स्प्रिङ, डेन्भर, अरोरा, लङमन्ट, वेस्टमिन्स्टर, नर्थ ग्लेन, बोल्डर, इरी, सेन्टेनियल, लिटिल्टन, ग्रिन भिल्ले, थोर्न टोन, ब्रुमफिल्ड लगायत विभिन्न सिटीबाट गरी करिब पाँच सय जना भन्दा बढीको सहभागिता रहेको थियो । उनीहरू सबैलाई जात्रामा निःशुल्क प्रवेश र समेबजिको व्यवस्था कोलोराडो नेवा: खलःले गरेको थियो ।

जात्राका लागि ५ दर्जन मयजुहरूले समेबजि, ५६ व्यक्ति तथा व्यापारिक प्रतिष्ठानले जात्राको प्रायोजन गरेका थिए ।

प्रतिक्रिया