अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०७ | Colorodo: 08:22

गजल

नवराज न्यौपाने 'मौन' २०८२ जेठ १७ गते २०:१९ मा प्रकाशित

बहर: मुतकारिब मुसम्मन सालिम
वजन: १२२ १२२ १२२ १२२

बिरानो नजरमा बसेको छ कोही
र आफ्नै हियामा दुखेको छ कोही

खरानी घसी नित्य संसार घुम्दै
उडाएर गाँजा रमेकाे छ काेही

गरी कर्म सच्चा खुशीले धरामा
किसानी कुरामा भुलेकाे छ काेही

नसकेर टिक्नै लिई राहदानी
विदेशी धरामा कुँदेकाे छ काेही

सधैंँ द्रव्य गन्दै गरी राजनीति
सबैकाे नजरमा गिरेकाे छ काेही