बिसौँ वर्षको रेचन भयो,
प्राणायाम र व्यायाम भयो ।
शरीर बलियो देखियो,
तर मनभित्र उही अँध्यारो रह्यो ।
आफैसँगको मेल कहाँ भयो?
उफ्रियो धेरै उत्सवमा,
पसिनाले भिज्यो तन सारा ।
तर, हृदयमा शान्तिको किरण?
मंगलको वास कहाँ गर्यो त?
प्यासी आत्मा अझै टोलायो!
दारी पालेर, चमत्कार देखाएर
संसारलाई मोहित गरियो ।
तर तिर्खाएको आत्मा…
के उसलाई अमृत दिलायो?
पशुपति गइयो, परेवालाई चारा दिइयो,
क्यामेरामा हाँसो कैद गरियो ।
तर… कुना पुगेको कुकुरलाई?
लात दिइयो —
यो कस्तो करुणाको परिभाषा भयो?
नाद, नूर, दिव्य स्वाद
सुनिरन थुप्रै मन्त्र गुन्जायो ।
तर माता, पिता, गुरुका
पाइला कहाँ चुमियो?
मंगल् भाव कहिले हृदयमा फुलायो?
ध्यानीको हृदय — होस् शान्त,
मौनको किनारा होस् अन्तर्मनान्त ।
बुद्धझैँ बनोस् जीवन,
चन्द्रमाको उज्यालो सरी सुमन ।
कष्टहरू तैरुन्, बादलझैँ हल्का,
मंगल चेतनाले, जीवन बनोस् बल्का ।
न त लोभ, न क्रोधको छाया,
करुणामय माया होस् आत्मा भित्रको माया ।।
हर प्राणीप्रति मंगल भावना,
ध्यानको आलोकमा होस् जीवन रमणा ।
सबको हृदयमा फुलोस् शुद्ध मंगल!!!