अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२८ | Colorodo: 20:43

अरोरा कोलोराडोमा तिज हुँदै

बिआरटीनेपाल २०८० भदौ २ गते १२:०२ मा प्रकाशित

कोलोराडो । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज आउन केही समय बाँकी भए पनि कोलोराडोमा तीजको चहल पहल सुरु भएको छ । यसै अवसरमा आउने सेप्टेम्बर १० तारिखका दिन नेपाली रेसिडेन्ट अफ अरोरा, सेन्टेनियलले अरोरा सहरमा तिज कार्यक्रमको आयोजना गर्दै छ । कार्यक्रमलाई सहज रूपमा सम्पन्न गर्न विभिन्न समिति उपसमिति गठन गरिएको छ ।

कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न ८ महिला दिदीबहिनी शान्ती श्रेष्ठ, शर्मिला शर्मा, कोपिला ढुङ्गाना, बिनिसा श्रेष्ठ, दिप्ती आचार्य, दिपा भट्टराई, सुभेक्षा भट्टराई र सरिता गुरुङको संयोजकत्वमा कार्यक्रम ब्यबस्थापना समिति गठन गरिएको छ । कार्यक्रममा बिङो गेम, अन्ताक्षरी, कपल डान्स, तिज नाच प्रतियोगिता, मेलोडी डान्स तथा डी जे निरोजको प्रस्तुति रहनेछ ।

प्रवासको व्यस्त जीवनलाई थाँती राखेर एकै दिन भए पनि नेपाली चेलीहरूलाई मनोरञ्जन गराउन उद्देश्यले यो कार्यक्रम गर्न लागिएको हो भनेर कार्यक्रम अरोरा संयोजक नबराज न्यौपानेले बिआरटी नेपाललाई बताए । यस किसिमको कार्यक्रम विगत लामो समय देखी अरोराबासी नेपालीहरूले गर्दै आइरहेका छन् ।

कार्यक्रममा प्रमोद फोटोग्राफी (७२०-६२०१४२०) ले फोटो लिने भएका छ भने शान्ति श्रेष्ठले मिष्टान्न परीकारको व्यवस्था गरेकी छिन भने वेलकम इभेन्ट सेन्टर अरोराले नि:शुल्क तिज कार्यक्रमको लागि डेकोरेसन गर्ने भएका छन् ।  कार्यक्रमको प्रत्यक्ष प्रसारण बिआरटी नेपालको फेसबुक पेजबाट हुने भएको छ ।

Aurora Teej 2012 Pictures

प्रतिक्रिया