अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१६ | Colorodo: 22:31

कोलोराडोमा समर पिकनिक सम्पन्न, ९२ वर्षीय आमा पनि पिकनिकमा

बिआरटीनेपाल २०८० असार ३१ गते १३:४० मा प्रकाशित

कोलोराडो । अमेरिका स्थित कोलोराडोमा रहेका नेपालीहरू बिच भेटघाट र एक आफसमा समन्वय तथा सद्भाव बढाउने उद्धेश्यले आयोजना गरिएको समर पिकनिक हिजो शनिवार सम्पन्न भयो । रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको आयोजनामा कोलोराडोको नर्थग्लेन सिटीस्थित रमणीय पार्कमा सम्पन्न कार्यक्रममा झन्डै ५ सय भन्दा बढी नेपालीहरूको उपस्थिति रहेको थियो, उक्त कुराको जानकारी अध्यक्ष बगालेले बिआरटी नेपाललाई दिएका हुन ।

रकी माउन्टेन फ्रेन्डस् अफ नेपालले मनाएको समर पिकनिकमा ९२ वर्षीय आमा जानुका देवी काफ्लेको पनि उपस्थित थियो । आमा जानुका देवी कोलोराडोका व्यवसायी कृष्ण काफ्लेकी आमा हुन ।

कार्यक्रममा समाजका अगुवा नारायण श्रेष्ठले आफ्नो छोटो मन्तव्यमा कोलोराडो नेपाली समाज एकता भएर बस्नु पर्नेमा जोड दिएका थिए भने उपाध्यक्ष विकास त्रिपाठीले कार्यक्रममा सहयोग गर्ने दाता तथा संघ संस्थाहरुको नाम पढेर सुनाएका थिए । कार्यक्रमको सञ्चालन संस्थाका महासचिव आकृति राई अधिकारीले गरेकी थिइन ।

कार्यक्रमको अन्त्यमा पिकनिक सहभागीहरू नेपाली गीत गाएर नाची मनोरञ्जन गरेका थिए । अध्यक्ष अर्जुन बगालेले कार्यक्रममा उपस्थित सम्पूर्ण संघ सस्थाका प्रतिनिधिहरु, अतिथि लगायत सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया