अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०३ | Colorodo: 16:18

क्रोएसिया यूईएफए नेसन्स लिगको फाइनलमा प्रवेश

बिआरटीनेपाल २०८० जेठ ३२ गते ६:१३ मा प्रकाशित

 क्रोएसिया नेदरल्याण्ड्सलाई अतिरिक्त समयमा पराजित गर्दै यूईएफए नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।ब्रुनो पेटकोभिच र लुका मोडरिचले अतिरिक्त समयमा गोल गरेपछि क्रोएसियाको उपाधि नजिक पुगेको हो । घरेलु मैदान डे कुइप स्टेडियममा भएको खेलमा डोनयाल मालेनले ३४औं मिनेटमा गोल गर्दै नेदरल्याण्ड्सलाई पहिले अग्रता दिलाएका थिए । तर, क्रोएसियाले खेलमा कमब्याक गर्‍यो। ५५औं मिनेटमा आन्द्रे क्रमारिचले पेनाल्टीमा बराबरी गोल फर्काए । ७२ औं मिनेटमा मारियो पासालिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाए ।

खेलको इन्जुरी टाइममा नेदरल्याण्ड्सका नोया लाङले गोल गरेपछि खेल २–२ को रोमाञ्चक स्थितिमा पुगेको थियो । तर,अतिरिक्त समयमा दुई गोल गर्दै क्रोएसियाले बाजी मार्‍यो । पेटकोभिचले ९८ औं र मोडरिचले ११६ औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि क्रोएसियाले फाइनलमा स्थान बनाउन सफल भयो । क्रोएसियाले अब उपाधिका लागि स्पेन र इटलीबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू