अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२३ | Colorodo: 08:38

टी–२० क्रिकेट- वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालको रोमाञ्चक जित

बिआरटीनेपाल २०८१ वैशाख १५ गते ५:५३ मा प्रकाशित

पाँच खेलको टी–२० क्रिकेट नेपालले वेस्ट इन्डिज एलाई ४ विकेटले हराएको छ। कप्तान रोहित पौडेलको सतक प्रेरित खेलमा नेपाल द्द बल अगावै नेपालले रोमाञ्चक जित हात पारेको हो। पौडेलले ५४ बलमा ११२ रन बनाएर आउट हुनुभएको थियो । उहाँले १० चौका र ६ छक्का प्रहार गर्नुभयो। रोहित पेभेलियन फर्किएपछि नेपाल दबाबमा परेको थियो। अन्तिम ओभरमा गुल्शन झाले २ चौका प्रहार गरेपछि नेपालको जित सुनिश्चित बनेको थियो। झाले अविजित ९ रन र प्रतिश जिसीले एक चौकासहित ५ रनमा अविजित रहे। त्यस्तै दीपेन्द्र सिंह ऐरीले २४ रन, कुशल मल्ल र कुशल भुर्तेलले १६(१६ रन र अनिल साहले ५ रन बनाउनुभयो।

टियु क्रकेट मैदानमा शनिबार यसअघि वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २०४ रन बनाएको थियो। वेस्ट इन्डिज ‘ए’का लागि कप्तान रोस्टन चेसले सर्वाधिक ७४ रन बनाउनुभयो। चेसले ४६ बलमा ९ चौका, २ छक्कासहित ७४ रन बनाउनुभयो। ओपनर एलिक एथानाजेले ४६ रन बनाउँदा केसी कार्टीले ३८ रन बनाउनुभयो। अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। नेपालका लागि कमल सिंह ऐरी,दीपेन्द्रसिंह ऐरी,रोहितकुमार पौडेल र अविनाश बोहोराले एकरएक विकेट लिनुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू