अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१५ | Colorodo: 20:30

लण्डन म्याराथन दौड प्रतियोगितामा नेपालबाट कुशल दीक्षित छनोट

बिआरटीनेपाल २०८१ वैशाख ८ गते ८:४९ मा प्रकाशित

विश्व चर्चित लण्डन म्याराथन दौड प्रतियोगितामा नेपालबाट ललितपुर पाटनका कुशल दीक्षित छनोट भएका छन् । दौडसँग सम्बन्धित प्रक्रिया र मापदण्ड पूरा गरेपछि भाग लिन पाउने लण्डन म्याराथन प्रतियोगितामा नेपालकातर्फबाट २० वर्षका धावक दीक्षित मात्र छनोट भएका हुन् ।

विश्वको खेलकुद इतिहासमा लण्डन म्याराथन दौड प्रतियोगितामा भाग लिन पाउनुलाई महत्वपूर्ण उपलब्धीका रूपमा लिइन्छ । लामो दूरीको दौडतर्फ विश्वभर चर्चित लण्डन म्याराथन प्रतियोगिता भोलि लण्डनमा हुँदैछ ।

प्रतियोगितामा भाग लिन विश्वका ५० हजार जनाभन्दा धेरै युवा धावक लण्डन पुगिसकेका धावकका हजुरबुबा डाक्टर सुन्दरमणि दीक्षितले जानकारी दिनुभयो । अमेरिकामा अध्ययनरत दीक्षित उतैबाट लण्डन पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू