अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०८ | Colorodo: 18:23

वेस्ट इन्डिज ‘ए’ क्रिकेट टाेली नेपाल आइपुग्याे

बिआरटीनेपाल २०८१ वैशाख १२ गते ८:११ मा प्रकाशित

नेपालसँगको पाँच वटा खेलको टी–२० क्रिकेट शृङ्खलाका लागि वेस्ट इन्डिज ‘ए’ क्रिकेट टोली नेपाल आइपुगेको छ । वेस्ट इन्डिज ‘ए’ टोली आज बिहान नेपाल आइपुगेको हो ।नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको पहिलो खेल आउँदो शनिवार हुनेछ । दोस्रो खेल आइतवार, तेस्रो खेल बुधवार, चौथो खेल बिहीवार र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ । सबै खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग शृङ्खला खेल्न लागेको हो । यो शृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ । वेस्ट इन्डिज पहिलो पटक नेपाल भ्रमणमा आएको हो । यो शृङ्खलाका लागि वेस्ट इन्डिज क्रिकेट बोर्डले अनुभवी खेलाडी रोस्टन चेसको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । वेस्ट इन्डिज दुई पटकको टी–२० विश्वकप विजेता टोली पनि हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू