अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०६ | Colorodo: 19:21

प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै

बिआरटीनेपाल २०८१ वैशाख ११ गते ७:२२ मा प्रकाशित

इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा आज राति आर्सनल र चेल्सी खेल्दैछन् । यो खेल नेपाली समयअनुसार राति पौने १ बजे आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा हुनेछ ।

आर्सनलले यो सिजनमा अहिलेसम्म ३३ खेल खेलेकोमा २३ खेल जित्दै ७४ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । आर्सनलभन्दा दुई खेल कम खेलेको चेल्सी १३ खेल जित्दै ४७ अङ्कका साथ नवौँ स्थानमा छ । उपाधि होड बलियो बनाइराख्न आर्सनललाई यो खेल जित्नुपर्ने दबाब छ, चेल्सी भने उपाधि हाेडबाटै बाहिरिइसकेकाे छ ।

प्रिमियर लिगको अघिल्लो खेलमा आर्सनलले उल्भ्सलाई २–० र चेल्सीले एभर्टनलाई ६–० गोलले हराएको थियो । प्रिमियर लिगमै यी दुई टोलीबीच पछिल्लो पटक गएको अक्टोबर २१ मा भेट हुँदा खेल २–२ गोलको बराबरीमा सकिएको थियो । यस्तै चेल्सीसँगको पछिल्ला आठ खेलमा आर्सनलले एक खेलमा मात्र हार बेहोरेको छ । आर्सनलले पाँच खेल जित्दा दुई खेल बराबरीमा सकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू