अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४७ | Colorodo: 15:02

क्रिकेटरद्वय सन्दीप र दिपेन्द्रले ग्लोबल टी–ट्वान्टी लिगमा खेल्ने

बिआरटीनेपाल २०८० जेठ ३१ गते ५:५१ मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्र सिंह ऐरीले क्यानडामा हुने ग्लोबल टी–ट्वान्टी खेल्ने भएका छन् ।मंगलबार राती भएको खेलाडी ड्राफ्टमा सन्दीपलाई सुरे ज्याकवार क्लवले आफ्नो टोलीमा अनुबन्ध गरेको हो भने मोन्टेरियल टाईगर्सले दिपेन्द्रलाई अनुबन्ध गरेको छ । सुरेमा सन्दीप लामिछानेका साथै एलेक्स हेल्स, लिन्टन कुमार दास, जोसन बेहरेनड्रार्फ जस्ता खेलाडी पनि परेका छन् ।

यस्तै, दीपेन्द्र अनुबन्धित भएको मोन्टेरियलमा शकिव अल हसन, आन्द्रे रसेल, क्रिस लिन जस्ता खेलाडी परेका छन् । सन्दीपले यसअघि मोन्टेरियल टाईगर र दोस्रो सिजन टोरन्टोबाट ग्लोबल टी ट्वान्टी खेलिसकेका छन् । दीपेन्द्र भने पहिलो पटक अनुबन्धित भएका हुन । ग्लोबल टी–ट्वान्टी लिगमा सोमपाल कामीले पनि खेलिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू