अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१५ | Colorodo: 13:30

सावित्रा भण्डारीले युराेपेली क्लबबाट खेल्ने

बिआरटीनेपाल २०८० जेठ ३० गते ६:१६ मा प्रकाशित

नेपाली राष्ट्रिय फुटबल टोलीकी मुख्य खेलाडी सावित्रा भण्डारीले युरोपेली क्लबबाट खेल्ने भएकी छिन् ।  सावित्राले आफू इजरायलको शीर्ष डिभिजन क्लब हापोएल रानानामा आबद्ध भएको जानकारी दिएकी छिन् । क्लबले सामाजिक सञ्जाल फेसबुकमा सावित्रालाई बधाई दिँदै उनलाई अनुबन्ध गर्न पाउनु गर्वको कुरा भएको उल्लेख गरेको छ ।

सावित्राले यसअघि भारत, माल्दिभ्सका क्लबबाट खेले पनि पहिलो पटक युरोपेली क्लबबाट खेल्न लागेकी हुन् । उनले आफ्नो लामो समयदेखिको सपना पूरा हुन थालेकोमा निकै उत्साहित रहेको पनि बताएकी छिन् ।  केही हप्ताअघि भारतमा सम्पन्न भारतीय शीर्ष महिला लिगमा सावित्राले १० खेलमा २९ गोल गर्दै गोकुलम केरालालाई उपाधि दिलाएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू