अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४० | Colorodo: 20:55

च्याम्पियन्स लिगको उपाधि म्यान्चेस्टर सिटीलाई

बिआरटीनेपाल २०८० जेठ २८ गते ८:४८ मा प्रकाशित

 यस वर्षको च्याम्पियन्स लिग फुटबलको उपाधि इंग्लीश फुटबल क्लब म्यान्चेस्टर सिटीले जितेको छ ।टर्कीको इस्तानबुलमा शनिबार राति भएको फाइनल खेलमा इटालीको इन्टर मिलानलाई १–० ले हराउँदै म्यान्चेस्टर सिटीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।

खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन रोड्रीले ६८ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । जितसँगै सिटीले यो सिजन महत्वपूर्ण तिन उपाधि जित्ने किर्तीमान पनि बनाएको छ । प्रशिक्षक पेप ग्वार्डियोलाको प्रशिक्षणमा म्यान्चेस्टर सिटीले यस वर्षको इंग्लीश प्रिमियर लिग र एफ.ए कप फुटबल जितिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू