अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२८ | Colorodo: 13:43

नेपाली फुटबल टिमको बिदाई

बिआरटीनेपाल २०८० जेठ २८ गते ८:३८ मा प्रकाशित

१४ औं साफ च्याम्पियनसिपको तयारीका लागि फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपाल टिमलाई बिदाई गरिएको छ ।अखिल नेपाल फुटबल संघ एन्फाको मुख्यालय सातदोबाटोमा भएको कार्यक्रममा राखेपका उपाध्यक्ष शिव कोइराला, एन्फा अध्यक्ष पंकज बिक्रम नेम्बाङलगायतले खेलाडीको बिदाइ गरेका हुन् । सोमबार फिलिपिन्स जाने नेपाली टोली ३२ जेठमा हुने मैत्रीपूर्ण खेलपछि उतैबाट भारतको बैंगलुरु जाने छ ।

शनिबारसम्म शहीद स्मारक ए डिभिजन लिग सञ्चालनमा रहेका कारण नेपालले एकीकृत अभ्यास र तयारी आइतबारदेखि मात्र सुरु गरेको हो । यद्यपी लिग नभएको समयमा गरिएको रणनीतिक तयारीका आधारमा प्रशिक्षक भिन्सेन्जो अल्वर्टो एनेसले गत साता २३ सदस्यीय टिम घोषणा गरेका थिए । नेपाल रहेको समूह ए मा भारत, कुवेत र पाकिस्तान छन् ।

नेपालले पहिलो खेल कुवेतसँग ६ असार, दोस्रो खेल ९ असारमा आयोजक भारत र समूहको अन्तिम खेल १२ असारमा पाकिस्तानसँग खेल्ने छ । प्रतियोगिताको समूह बी मा लेवनान, भुटान, माल्दिभ्स र बंगलादेश छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू