अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५८ | Colorodo: 05:13

गीतकार न्यौपानेको नयाँ गीत धुवाँ धुवाँ युट्युब मार्फत सार्वजनिक

बिआरटीनेपाल २०८० जेठ २७ गते ९:३० मा प्रकाशित

कवि तथा गीतकार कमला न्यौपानेको नयाँ गीत धुवाँ धुवाँ युट्युब मार्फत सार्वजनिक भएको छ । कमला न्यौपानेको शब्द रहेको यस गीतमा स्वरूपराज आचार्यको स्वर र यडिन गजमेरको सङ्गीत रहेको छ ।

गत शनिवार अनेसास क्यान्सस च्याप्टर मार्फत एक प्रिमिएर कार्यक्रम गरी तरङ् द वेभ क्रियसन नामक च्यानलमा अपलोड भएको गीतमा प्राञ्जल न्यौपाने र स्मृति श्रेष्ठको अभिनय रहेको छ । केशवराज भट्टको कोरियोग्राफि र निर्देशन रहेको गीतलाई प्रकाश न्यौपानेले निर्माण गरेका हुन् ।
गीतकार कमला न्यौपानेको यसअघि १ दर्जन बढी गीत रेकर्ड भैसकेका छन् । उनको चर्चित कविता सङ्ग्रह जङ्गलको यात्रा नेपाली र अङ्रगेजीमा समेत प्रकाशन भैसकेका छन् ।

प्रस्तुत गीतको शब्द :
धुवाँ धुवाँ बनी उडेछ, जीवन त्यसै जली सकेछ
बादल फाटी पानी परेन, मनको तुवालोंमा घाम लागेन

उ टाढा धेरै टाढा, केही भन्नै सक्दिन म
आशा थियो मनमा उनको, कुनै सन्देश आएन
आँसु मात्र बाँकी रह्यो, खुसी सबै पराई भयो
बादल फाटी पानी परेन, मनको तुवालोंमा घाम लागेन

दिऊँ कसलाई दोष यहाँ, आफै भित्र भित्रै रोए
इच्छा मनको चाहाना सबै, थाहै नपाई लुकी गए
अन्धकारले घेरिदिन्छ, केही पनि देख्दिन म
बादल फाटी पानी परेन, मनको तुवालोंमा घाम लागेन

प्रतिक्रिया