अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१८ | Colorodo: 11:33

ए डिभिजन लिग- जावलाखेल शीर्ष स्थानमा उक्लियो

बिआरटीनेपाल २०८० वैशाख २८ गते ७:०७ मा प्रकाशित

फ्रेण्ड्स क्लबमाथि ४-१ सहज जित निकाल्दै जावलाखेल राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा फर्किएको छ ।ललितपुरस्थित च्यासल मैदानमा बिहीवार सम्पन्न खेलमा जावलाखेलले पहिलो हाफमा दुई गोल गर्दा दोस्रो हाफमा थप दुई गोल गरेर एक गोल खान पुगेको थियो । यसजितसँगै जावलाखेल समग्रमा ४–१ को नतिजा निकाल्दै शीर्ष स्थानमा फर्किएको हो ।

जावलाखेलको जितमा एनकोटो मासोआबीले २ तथा राहुल राहुल र फोडे फोफानाले १–१ गोल गरे । फ्रेण्ड्सका लागि श्यामबाबु क्यापछाकीले गोल फकाउँदै अन्तर घटाएका थिए । शुरुवात प्रतिष्पर्धात्मक बनेको खेलमा जावलाखेलले २० औं मिनेटमा खाता खोल्न सफल भएको थियो ।अब्दुलअजिज निशानबाएभको कर्नरमा भारतीय डिफेण्डर राहुल राहुलले हेडरमार्फत जाली चुमाउन सफल भएका हुन् । त्यसको ६ मिनेटपछि नै अब्दुलअजिजको फ्रिकिकलाई एनकोटो मासोआबीले गोल गर्दै जावलाखेललाई पहलिो हाफमा २–० को अग्रता दिलाए ।

दोस्रो हाफमा पनि जावलाखेलले फ्रेण्ड्सलाई दबाबमा राख्दै खेल देखायो । तर दोस्रो हाफमा फ्रेण्ड्सले सम्हालिएको प्रदर्शन गर्ने प्रयास ग¥यो । ५७ औं मिनेटमा फ्रेण्ड्सका असिम भुषालको फ्रिकिक पोस्टभन्दा थोरै माथिबाट बाहिरियो । ६४ औं मिनेटमा मासोआबीको पेनाल्टीमा जावलाखेलले ३–० को अग्रता लियो ।पेनाल्टी क्षेत्रभित्र एञ्जल महर्जनले ह्याण्ड गरेपछि जावलाखेलले पेनाल्टीको अवसर पाएको थियो । ७५ औं मिनेटमा मासोआबीको कडा प्रहार फ्रेण्ड्सका गोलरक्षक राजाबाबु थापा बचाउन सफल भएका थिए । ८० औं मिनेटमा श्यामबाबु क्यापछाकीले फ्रेन्ड्सका लागि गोल फर्काउँदै अन्तर ३–१ मा घटाए । इन्ज्युरी समयमा फोडे फोफानाले गोल गरेपछि जावलाखेलको जित निश्चित भयो ।

यस जितपछि जावलाखेलको १७ खेलमा ३० अंक छ । चर्च ब्वाइज समान ३० अंकमा भएपनि हेड टु हेड नतिजामा दोस्रो स्थानमा झरेको छ । जावलाखेलले चर्च ब्वाइजलाई १–० ले हराएको थियो । फ्रेन्ड्स १७ खेलमा १९ अंकसाथ ११ औं स्थानमा छ । लिग अन्तर्गत शुक्रवार तीन खेल हुने छन् । दिनको पहिलो खेल संकटा र नेपाल पुलिस क्लबबीच दशरथ रंगशालामा हुनेछ भने दोस्रो खेल हिमालयन शेर्पा र मनाङ मस्र्याङ्दी फुटबल क्लबबीच एन्फा मुख्यालयमा प्रतिष्पर्धा हुने छ । तेस्रो खेल दशरथ रंगशालामा न्युरोड टिम (एनआरटी) र खुमलटार युथ क्लवबीच हुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू