अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१० | Colorodo: 06:25

ए डिभिजन लिग : मनाङ र पुलिसको खेल बराबरीमा, फ्रेन्ड्सले खुमलटारलाई हरायो

बिआरटीनेपाल २०८० वैशाख २५ गते ७:०१ मा प्रकाशित

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबले बराबरी खेलेका छन् ।आज साेमवार ललितपुरको च्यासल मैदानमा भएको खेलमा मनाङ र पुलिसले २–२ गोलको बराबरी खेलेका हुन् । मनाङका रोशन राना र सइद आजमलले गोल गरे भने पुलिसका अहमद हिजादीले २ गोल गरे ।

याे बराबरीसँगै मनाङ २० अङ्कसहित तालिकाकाे साताैँ स्थानमा छ । १६ अङ्क रहेको पुलिस पुछारमा रहेका छन् ।आजै एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा फ्रेन्ड्स क्लबले खुमलटार फुटबल क्लबलाई हराएकाे छ । फ्रेन्ड्सले खुमलटारलाई ३–१ गोलले हरायो । फ्रेन्ड्सका लागि रफिक अमानुले २ र सन्तोष खत्रीले १ गोल गरे । खुमलटारका मिसुकेले १ गोल फर्काए । जितपछि फ्रेन्ड्स १९ अङ्कका साथ तालिकाकाे नवाैँ स्थानमा पुगेको छ । खुमलटार १७ अङ्कसहित पुछारबाट दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू