अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५२ | Colorodo: 10:07

ए डिभिजन लिग- हिमालयन शेर्पाले पुलिसलाई हरायाे

बिआरटीनेपाल २०८० वैशाख २२ गते ७:२४ मा प्रकाशित

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ । दशरथ रङ्गशालामा भएको खेलमा हिमालयन शेर्पाले पुलिसलाई २–१ गाेलले हरायाे । हिमालयका लागि अबायामी फाफुन्ले र अमृत श्रेष्ठले गोल गरे । पुलिसका सौजन राईले एक गोल फर्काए ।

याे जितसँगै हिमालयन शेर्पा २० अङ्कसहित तालिकाकाे सातौँ स्थानमा पुगेको छ । १५ अङ्क रहेको पुलिस क्लब पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू