अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२९ | Colorodo: 05:44

गोरखा भर्ती सम्झौता पुनरावलोकन गर्न सरकारलाई सर्वोच्चको निर्देशनात्मक आदेश

बिआरटीनेपाल २०७९ माघ २४ गते ६:२६ मा प्रकाशित

गोरखा भर्ती सम्झौता खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिटका सम्बन्धमा सर्वोच्च अदालतले उक्त सम्झौतालाई पुनरावलोकन गर्न भन्दै नेपाल सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय भर्ती सम्झौता खारेज गर्न माग गर्दै ब्रीटीश गोरखा भूतपूर्व संगठन (बीगेसो)का अध्यक्ष पदम लिम्बुले २०७४ जेठ २६ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुुभएको थियो । उक्त त्रिपक्षीय भर्ती सम्झौता असमान भएको भन्दै खारेज गर्नुपर्ने लिम्बुको माग छ ।

सोही रिटमाथि सुनुवाइ गर्दै मंगलबार न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासले नेपाल सरकारका नाममा यस्तो आदेश दिएको बीगेसोका कानुनी सल्लाहकार तथा अधिवक्ता फणिन्द्र कार्कीले जानकारी दिनुुभयो ।

 

प्रतिक्रिया