अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४० | Colorodo: 14:55

नेपाली इन्जिनियरले बनाएका सफ्टवेयरलाई सरकारले प्राथमिकता दिन सकेन- उपाध्यक्ष चन्द्र ढकाल

बिआरटीनेपाल २०७९ माघ २४ गते ६:१९ मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नेपाली प्रविधिलाई प्राथमिकता दिन नसकेको बताउनुभएको छ ।मङ्गलवारदेखि काठमाण्डौको भृकुटीमण्डपमा सुरु भएको क्यान इन्फोटेक २०२३ को उद्घाटन समारोहमा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले नेपाल प्रविधि तथा डिजिटलाइट क्षेत्रमा धेरै नै अघि बढिसकेको भए पनि सरकारले नेपाली इन्जिनियरहरूले उत्पादन गरेका नयाँ सफ्टवेयरलाई प्राथमिकता दिन नसकेको उल्लेख गर्नुभयो ।

उहाँले नेपाली इन्जिनियरहरूले बनाएका प्रविधि विदेशीको तुलनामा कम नरहेको बताउनुभयो । नेपालले प्रविधिको क्षेत्रमा विश्वका जुनसुकै देशसँग पनि प्रतिस्पर्धा गर्न सक्ने अवस्था रहेको बताउनुभयो । वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले नेपाली उत्पादनलाई प्राथमिकता नदिएसम्म कुनै पनि क्षेत्रको विकास हुन सम्भव नरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू