अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५८ | Colorodo: 12:13

राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवारले जित्छन्- शेखर कोइराला

बिआरटीनेपाल २०७९ माघ २४ गते ६:१८ मा प्रकाशित

कांग्रेस नेता शेखर कोइरालाले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसले तय गरेको उम्मेदवारले जित्ने दाबी गर्नुुभएको छ । प्रेस युनियनको वाग्मती प्रदेश अधिवेशनलाई मंगलबार चितवनमा सम्बोधन गर्दै उहाँले राष्ट्रपति जिताउनका लागि अन्य दलहरुसँग कुरा भइरहेको जानकारी दिनुुभयो ।

नेता कोईरालाले कांग्रेस ’गभर्नमेन्ट इन वेटिङ’ हो भन्ने बुझ्न सत्तापक्षका दलहरुलाई आग्रह गर्नुुभयो । सबैभन्दा धेरै सांसद आफुुहरुसंग भएकोले आफ ्नो पार्टी गभर्नमेन्ट इन वेटिङ पनि रहेको दावी गर्दै उहाँले यो कुरालाई सत्तापक्षका केही दलले बुझेर पनि बुझपचाएको जस्तो देखिएको टिप्पणी गर्नुुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू