अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२० | Colorodo: 13:35

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा पदभार ग्रहण

बिआरटीनेपाल २०७९ माघ २४ गते ६:१६ मा प्रकाशित

राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले पदभार ग्रहण गर्नुुभएको छ । पदभार ग्रहण गरेसँगै अर्यालले संघीय संसद्मा महिला सदस्यहरूका लागि संसदीय भूमिका प्रभावकारी बनाउने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णयमा हस्ताक्षर गर्नुुभयो । पदभार ग्रहणअघि अर्यालले मंगलबार शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिनुुभएको हो ।

सोमबार सत्तारूढ गठबन्धनबाट माओवादीकी सांसद उर्मिला अर्याल निर्विरोध निर्वाचित हुुनुुभएको थियो । पर्साको जगरनाथपुर गाउँपालिकामा २०१३ मा जन्मिएकी अर्याल २०७० मा एमालेबाट माओवादीमा प्रवेश गर्नुुभएको थियो । माओवादी स्थायी समिति सदस्य अर्याल सत्ता गठबन्धनबाट उपाध्यक्ष चुुनिनुुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू