अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१५ | Colorodo: 13:30

नेपाल टी–ट्वान्टी लिग क्रिकेट -काठमाडौं नाइट्सको विजयी सुरूवात

बिआरटीनेपाल २०७९ पुष ९ गते ४:०१ मा प्रकाशित

 नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा काठमाडौं नाइट्सले विजयी सुरूवात गरेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा काठमाडौंले पोखरा एभेन्जर्स २६ रनले पराजित गर्दै विजयी सुरूवात गरेको हो ।जितको लागि १६३ रनको विजयी लक्ष्य पछ्याएको पोखराले १९ ओभरमा ७ विकेट गुमाउँदै १३७ रन बनायो ।

पोखराका लागि उपल थरङगाले सर्वाधिक ४४ रनको योगदान दिए । यस्तै अमिर हमाज र अभिमन्यु मिथुनले समान १८/१८ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।काठमाडौंका लागि अभिनास बोहोराले ३, बसिर अहमदले २ तथा अनिल खरेलले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १९ ओभरमा ५ विकेट गुमाएर १६२ रन बनाएको थियो । काठमाडौंको लागि अजमातुल्लाह उमरजाईले अविजित ८५, सुनाम गौतमले अविजित २७, एलेक्स ब्लेक्सले २१ तथा विरनदिप सिंहले १० रन बनाए । पोखराको लागि प्रतिस जिसी र जाहिर खानले २/२ तथा मौसम ढकालले १ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू