अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३७ | Colorodo: 22:52

यू-२३ नेपाली भलिबल टोली बंगलादेश प्रस्थान

बिआरटीनेपाल २०७९ पुष ५ गते ५:३० मा प्रकाशित

काभा यू-२३ मुनिको पुरुष भलिबल च्याम्पियनसिप खेल्ने नेपाली टोली आज मंगलबार बंगलादेश प्रस्थान गरेको छ । साेही टाेलीलाई यसअघि आइतबार एक कार्यक्रम आयोजना गर्दै नेपाल भलिबल संघले बिदाइ गरेको थियो । यू-२३ मुनिको पुरुष भलिबल च्याम्पियनसिप यहि पुस ७ देखि ११ गतेसम्म बंगलादेशको ढाकामा आयोजना हुने भएकाे छ ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी ४ टोली सहभागी रहेका छन् । ४ टिम सहभागी प्रतियोगिता राउण्ड रोविन लिगको आधारमा हुने भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू