अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३८ | Colorodo: 01:53

मेस्सीलाई ‘बीबीसी स्पोर्ट स्टार अफ द इयर’ को अवार्ड

बिआरटीनेपाल २०७९ पुष ५ गते ५:३२ मा प्रकाशित

अर्जेन्टाइनी फुटबल खेलाडी लियोनल मेस्सीलाई बीबीसीले यो वर्षको उत्कृष्ट खेलाडी घोषित गरेको छ । बीबीसीले हरेक वर्ष प्रदान गर्दै आएको बीबीसी स्पोर्ट्स पर्सनालिटी अन्तर्गत यो वर्षको ‘वर्ल्ड स्पोर्ट स्टार’ अवार्डबाट मेस्सीलाई सम्मानित गर्ने भएको हो ।३५ वर्षीय मेस्सीले अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जिताएका थिए । फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट–जर्मेनका फरवार्डले आफ्नो पाँचौं विश्वकपमा सात गोल गरेपछि प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई दिइने गोल्डेन बलको अवार्ड समेत जितेका थिए । यो जितसँगै मेस्सीले आफुलाई विश्व फुटबलका महान हस्तीहरु पेले र म्याराडोनाकै दर्जामा आफुलाई उभ्याएको कतिपय फुटबल पण्डितहरुको तर्क छ ।

मेस्सीले विश्वकपको फाइनलमा दुई गोल गरेका थिएभने पेनाल्टी सुटआउटमा पनि एक गोल गरेका थिए । बीबीसीले वर्षभर विश्व स्तरमा सबैभन्दा उल्लेखनीय खेलकुद सफलता हासिल गर्ने खेलाडीलाई ‘वल्र्ड स्पोर्ट स्टार अफ द इयर’ अवार्डबाट सम्मानित गर्ने गरेको छ । अघिल्लो वर्ष आयरल्याण्डकी घोडचढी खेलाडी रचेल ब्ल्याकमोरले यो अवार्ड जितेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू