अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३२ | Colorodo: 00:47

फुटबल हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

बिआरटीनेपाल २०७९ पुष ४ गते १२:०५ मा प्रकाशित

काठमाडौँ पुस ४ गते । एन.के.सिंह मेमोरियल इङ्लिस प्रिपरेटरी माध्यमिक विद्यालयद्वारा आयोजित तेस्रो अन्तर विद्यालय स्तरीय फुटबल हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितामा उपत्यकाका बिस विद्यालयको सहभागिता रहेको थियो । सो प्रतियोगिता प्रत्येक ४ वर्षको अन्तरमा विश्वकप फुटबललाई लक्षित गरी सञ्चालन गरिन्छ ।

नेपाल फुटबल सङ्घका उपाध्यक्ष दावा लामाको प्रमुख आतिथ्यमा र नेपालका लागि कतार राजदूतावासका मिसन उप प्रमुख खालिद अब्दुल्लाह इब्राइमको विशेष आतिथ्यमा उक्त प्रतियोगिता सम्पन्न भयो । प्रमुख अतिथि दावा लामा र विशेष अतिथि खालिद अब्दुल्लाह इब्राइमले प्रतियोगितामा विजयी विद्यार्थीलाई शिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्नुभयो । ग्यालेक्सी पब्लिक स्कुल ज्ञानेश्वरका आयुषराज पन्त र सिद्धार्थ तामाङको समूह प्रथम, आइडल मोडल स्कुलका कृश शाही र प्रनय महर्जनको समूह द्वितीय, सैनिक आवासीय महाविद्यालय भक्तपुरका सुगम बस्नेत र विधित उपाध्यायको समूह तृतीय तथा बेबिलोन नेशनल स्कुलका कृशा बस्नेत र नियम मान सिंह बस्नतेतको समूहले सान्त्वना पुरस्कार प्राप्त गरे । त्यसै गरी प्रतियोगितामा प्रथम हुने ग्यालेक्सी पब्लिक स्कुलले बुद्ध एयरद्वारा प्रायोजित माउन्टेन फ्लाइटको तीन ओटा टिकट प्राप्त ग¥यो भने प्रतियोगिताको अन्तिम चरणमा सहभागी सबै विद्यालयलाई प्रमाणपत्र वितरण गरियो ।

सो प्रतियोगितामा उपत्यकाका बिस विद्यालयको सहभागिता रहेको थियो । ती विद्यालयलाई पाँच समूहमा विभाजन गरी प्रतियोगिता सञ्चालन गरिएको थियो । समूह ‘ए’मा विद्या संस्कार माध्यमिक विद्यालय, सैनिक आवासीय महा विद्यालय, पाठशाला नेपाल फाउन्डेसन, स्ट्याण्डर्ड को एड स्कुल, समूह ‘बी’मा एभरेष्ट स्कुल, माउन्ट भ्यु इङ्लिस स्कुल, निर्भाना एकेडेमी, भ्याली भ्यु इङ्लिस स्कुल, समूह ‘सी’मा आइडल मोडल स्कुल, ज्ञान निकेतन स्कुल, भानुभक्त मेमोरियल स्कुल, पुष्प सदन बोर्डिङ स्कुल, समूह ‘डी’मा ब्राइट फ्युचर स्कुल, अक्सिडेन्टल स्कुल, ग्यालेक्सी पब्लिक स्कुल समूह ‘ई’मा काठमाडौँ ग्लोबल स्कुल, बेबिलोन नेशनल स्कुल, मल्पी सिटी स्कुल र ह्वाइट फिल्ड सेकेन्डरी स्कुलले सहभागिता जनाएका थिए। प्रतियोगितामा विश्वकप फुटबलको इतिहास, सामान्य ज्ञान, समसामयिक, फुटबल खेल र खेलाडीसँग सम्बन्धित श्रव्य/दृश्य, विश्वकप फुटबल २०२२ लगायत विषयसँग केन्द्रित भएर प्रतियोगिता सञ्चालन गरिएको थियो ।

विश्वकप फुटबल खेल र सोसँग सम्बन्धित विषयमा जानकारी गराउने र विद्यार्थी र विद्यालयका बिचमा आपसी सहकार्य र भाइचाराको सम्बन्ध अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कुरा प्रिन्सिपल प्रमिला सिंहले जानकारी गराउनुभयो साथै उहाँले यी र यस्तै प्रकारका रचनात्मक कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गरिने जानकारी गराउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा क्याप्टेन अनिलमान श्रेष्ठको सभापतित्वमा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सिपल तथा फुटबल खेलाडी तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम मङ्सिर २६ गते सुरु भई पुस ४ गते समापन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू