अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४९ | Colorodo: 15:04

विश्वकप फुटबल : उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्दै

बिआरटीनेपाल २०७९ पुष ३ गते ४:१९ मा प्रकाशित

कतारमा जारी विश्वकपको यो संस्करणको उपाधिका लागि आज आइतबार राति अर्जेन्टिना र साविक विजेता फ्रान्स भिड्नेछन् । यो खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ । सेमिफाइनलमा क्रोएसियालाई हराउँदै अर्जेन्टिना तथा मोरक्कोलाई हराउँदै फ्रान्स फाइनलमा पुगेका हुन् ।

दुवै टोली तेस्रो पटक विश्वकप जित्ने लक्ष्यमा छन् । अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप जितेको थियो । अर्जेन्टिना ३६ वर्षपछि विश्वकप जित्ने तयारीमा छ । सन् २०१४ मा ब्राजिलमा आयोजना भएको विश्वकपको फाइनलमा जर्मनीसँग अतिरिक्त समयमा परािजत भएपछि अर्जेन्टिनाले उपाधि जित्न सकेको थिएन ।

फ्रान्सले भने सन् १९९८ र २०१८ को विश्वकप जितेको थियो । फ्रान्स लगातार दुई पटक विश्वकप जित्ने ब्राजिल र इटालीपछिको पहिलो टोली बन्ने अभियानमा रहेको छ । आइतबारको फाइनल खेललाई फ्रेन्च क्लब पिएसजीका दुइ स्टार खेलाडीहरु लियोनल मेस्सी र किलियन एम्बाप्पेको भिडन्तको रुपमा पनि हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू